बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे दोषी ठहर

 माघ ११, २०७९ बुधबार ८:६:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जिल्ला अदालत काठमाण्डाैले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले हिजाे पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

सामाजिक सञ्जालमार्फत् बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौनशोषण गरेको आरोप पीडितले लगाएकी थिइन् । त्यस घटनाको सर्वत्र छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया