मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

 माघ ११, २०७९ बुधबार ७:४२:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय मोहमद सलमान रहेका प्रहरीले जनाएको छ ।

लमही नगरपालिका–९ जलकुम्भीबाट उनी पक्राउ परेका हुन् ।

राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाइ एक तोला सुनको गरगहना र नगद ठगी गरेको दाङ प्रहरीले जनाएको छ ।

पीडितका आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई पक्राउ गरेको हो । उनीसँग आएका अरु दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया