'सुस्ता बचाउ' अभियानका संयोजक गुरुङको उपचारका क्रममा निधन

 माघ ११, २०७९ बुधबार ८:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली भूमि संरक्षणमा सङ्घर्षरत 'सुस्ता बचाउ' अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा रुपन्देहीको भैरहवा मेडिकल कलेजमा निधन भएको परिवारले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध अभियानमा हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया