ओखलढुङ्गामा एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति

 माघ ११, २०७९ बुधबार ९:१६:५१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मङ्गलवार हिजाे दिउँसो झण्डै साढे २ बजे दावा शेर्पाकाे दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

आगलागीबाट काठ र टिनले बनेको दुई तले घरसहित सबै सामग्री जलेर नष्ट भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

रिसोर्ट पूर्णरुपमा जलेर नष्ट भएपछि मात्रै आगो हिजाे बेलुका ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा आगाे निभाइएकाे थियो । आगलागीको कारण यकिन नभए पनि चुलोबाट सल्किएको हुनसक्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया