आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला

 माघ १२, २०७९ बिहिबार १६:२४:५६ | जनार्दन घिमिरे
unn.prixa.net

साङ्केतिक तस्बिर

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौ टोखा नगरपालिका–२ निवासी वर्ष ३५ का मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनु भएको छ ।

मृतक क्षेत्री रेसुंगा नगरपालिका २ अन्र्तगत छापटोलामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । क्षेत्रीलाई साथीहरुले पटक पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि कोठामा गएर हेरेका थिए ।

पछि प्रहरीले कोठामा गएर हेर्दा भित्रबाट चुकुल लगाएर सुतिरहेको अवस्थामा निजको शव फेला परेको प्रहरी नायव उपरिक्षक खरेलले बताउनु भयो ।

स्थानीय जनप्रतिनिधि र आफन्तको रोहवरमा प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ । मृतक क्षेत्री रोजगारीको सिलसिलामा गएको तीन वर्षदेखि तम्घासमा बस्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया