वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकालाई सरकारले सम्मानसहित  पुरस्कृत गर्ने

 माघ १३, २०७९ शुक्रबार १०:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरूलाई राष्ट्रिय सम्मान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको हो । 

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई उनीहरूको योगदानको कदर स्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्नका खोजिएको मन्त्रालयले जनाएको छ । 

उद्यमीहरूले यही माघ १९ गतेसम्म मन्त्रालयमा आवेदन दिन सक्नेछन् । आवेदन मन्त्रालयको इमेल ठेगाना ष्लाय२mयभिकक।नयख।लउ मा पठाउन सकिन्छ । आवेदन दिनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा विदेशमा एक वर्ष काम गरी स्वदेश फर्किएको हुनु पर्ने छ भने वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको पनि एक वर्ष पूरा भएको हुनुपर्छ । 

यस्तै मन्त्रालयबाट बितेका पाँच वर्षमा यस खालको पुरस्कार पाएको हुनुहुँदैन । 

फारम भर्दा नेपाली नागरिकताको फोटोकपी, श्रम स्वीकृतिको फोटोकपी, भिसासहित राहदानीको फोटोकपी, व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी र आयकर दर्ता प्रमाणपत्रको फोटोकपी आवश्यक पर्छ । 

यसका साथै २०७८ ७९ को कर चुक्ता प्रमाणपत्रको फोटोकपी र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा हुनुपर्छ । 

अघिल्ला वर्षहरूमा यही पुरस्कारको लागि आवेदन दिएको तर छनौटमा नपरेका उद्यमीहरूले समेत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । पुरस्कारका सन्दर्भमा थप जानकारी आवश्यक भएमा मन्त्रालयमा ०१४२००४७६ वा ९८४०६१०६३० नम्बरमा सम्पर्क गर्न सकिन्छ । ।

आवेदन फारम र यस सम्बन्धी कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Raju sharma

    Jan. 27, 2023, 11:36 a.m.

    heram sarkar bata k samman pauxu

  •  0 Reply

तपाईको प्रतिक्रिया