जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ

 माघ १३, २०७९ शुक्रबार १३:१३:३३ | सुजीत झा
unn.prixa.net

धनुषा - जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे हाे । 

पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरकाे अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज ११ प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र त्यही मोटरसाइकलमा रहेका २१ वर्षीय इसराइन नदाफ रहेका छन् । 

यस्तै ज.६ प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । उनी जनकपुरधामको पीडारीचोकबाट पक्राउ परेका उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया