ताप्लेजुङ : विपद् व्यवस्थापन समितिद्वारा १ सय २२ विपन्न परिवारलाई सिरक वितरण

 माघ १४, २०७९ शनिबार १३:४८:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई चिसाे माैसममा सिरक  वितरण गरेको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक अर्थात प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्लाका एक सय २२ परिवारलाई सिरक वितरण गरिएको बताउनुभयो । जिल्लाका पालिकाहरुका सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न परिवारलाई एक थानका दरले सिरक वितरण गरिएको हो । 

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा पालिका र ६१ वटा वडा छन् । प्रत्येक वडाबाट २/२ विपन्न परिवारका रूपमा सिफारिस भएका परिवारलाई न्यानो सिरक वितरण गरेको प्रजिअ पोख्रेलले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया