बीपीडब्ल्यू लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता
चैत १५, २०७९ बुधबार
दैलेख – मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखकाे नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेकाे भे २ त १४७८ नम्बरको ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको ज्यान गएको हाे ।
ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताउनु भयाे ।
ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खाजी भइरहेकाे प्रहरीले जनाएको छ । मृतक विक पनि ट्र्र्याक्टर चालक हुन् ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।