काठमाण्डौको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

 माघ १५, २०७९ आइतबार ७:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । 

गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाण्डौ महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उहाँको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया