साेलुखुम्बु : हुट हटाउने विषयकाे विराेधमा व्यवसायीद्वारा जीप सञ्चालन ठप्प

 माघ १५, २०७९ आइतबार ८:२३:२२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा आज लामाे दूरीका जीप सञ्चालन ठप्प भएकाे छ । जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका हुन् । 

आज काठमाण्डौसहितका जिल्ला जाने कुनै पनि जीप नछुटेकाे यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनु भयाे । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन् । व्यवसायीहरुले हिजाे शनिवार यस विषयमा छलफल गरेर आज यातयात सञ्चालन बन्द गरेका हुन् ।

सोलुखुम्बुबाट छुट्ने जीपले यात्रुका सामान, लगेज, आलु लगायतका सामग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ । साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा हुट हटाउन नसकिने ब्यहोराकाे जानकारी गराइ सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् । 

अन्तिम अपडेट: चैत २३, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया