जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
झापा - दमक–६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।
विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे। आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् ।
उहाँका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो ।
यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति भएकाे थियाे ।