सुनको भाउ फेरि बढ्यो, चाँदीको घट्यो

 माघ १५, २०७९ आइतबार १०:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । हप्ताको  पहिलो  दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

अस्ति शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया