अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भिड

 माघ १५, २०७९ आइतबार १५:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको बेनीमा रहेकाे कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएकाे छ ।

आज आइतवार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो । यसअघि म्याग्दीको गलेश्वरधामलगायतका धार्मिक ठाउँहरूमा लगेर पूजा, अर्चना गरिएको थियो । देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्याका पुर्‍याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहितले बताउनुभयो । 

भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो । भारत पठाउनुअघि परीक्षण गरिएका ती शिला २६ टन र १४ टन तौलका छन् । भारत पठाउन लागिएका शिलाहरूको पूजा, आराधनाका लागि यति बेला जनकपुरधाममा भक्तजनको भिड रहेको छ । नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरू खुसी भएको जनकपुरधामवासी बताउँछन् । यसले नेपाल र
भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप बलियाे बनाउने उनीहरूको विश्वास छ ।

शिला आउँदाे बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया