जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि

 माघ १५, २०७९ आइतबार १७:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।

मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिच ६–३, ७–६ र ७–६ को सेटमा विजयी भए । दोस्रो र तेस्रो सेट टाइब्रेकरमा पुगेको थियो ।

जाेकाेभिचले दशाैँ पटक अस्ट्रेलियन ओपन टेनिस जितेका हुन् । योसँगै जोकोभिचले सर्वाधिक २२ वटा ग्रान्डस्लामको उपाधि जितेर राफायल नाडालसँगको रेकर्ड बराबरी गरेका छन् ।

महिलातर्फको उपाधि हिजो शनिवार नै बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई ४–६, ६–३ र ६–४ ले हराएकी थिइन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया