प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
खोटाङ – खोटाङमा झन्डै १२ वर्षसम्म अलपत्र परेकाे कलाकार एवम् साहित्यकार लैनसिंह बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा पार्कमा राखिएको छ । अलपत्र परेको बाङ्देलको अर्धकदको सालिकलाई ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको शुक्रबारेडाँडा बेनेसेनमा पार्क बनाएर राखिएको हो ।
राखाबाङ्देल कलाकार बाङ्देलको पुर्खौली थलो हो । वडा कार्यालयबाट दुई लाख रुपैयाँ विनियोजन गरेर घराबारासहितको लैनसिंह बाङ्देल पार्क निर्माण गरेर बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताउनुभयो ।
जिल्लाको सार्वजनिक स्थलमा राख्ने गरी मोरङ बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गर्नुभएकाे थियाे । गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गे मूर्ति निःशुल्क हस्तान्तरण गर्नुभएकाे थियाे । दिक्तेलमा पसल तथा होटलको पेटीमा अव्यवस्थित तरिकाले पाँच/छ वर्ष राखिएको बाङ्देलको सालिकलाई २०७३ सालमा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । राखाबाङ्देलमा लगेर राखिएको उत्ति नै समयपछि सालिकलाई पार्कमा राखिएको हो ।
स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको बाङ्देलको सालिक स्थापनाका लागि २०७१ सालमा अगमसिंह राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिंह बाङ्देल प्रतिमा स्थापना समिति गठन भएकाे थियो ।
Kiran rai
Jan. 29, 2023, 9:19 p.m.जे जसरी भय नि लैन सिङ बाङ्देल को सुन्दर मुर्ती उहाँ साथै हाम्रो जन्म थलो पुगे छ खुसी लाग्यो लैन सिङ बाङ्देल को मुर्ती राखा सम्म पुर्याउनु को लागि हर कदम चाल्नु हुने सुभ चिन्तक हरु प्रती हामी राखा बासी ले हृदय देकि धन्यवाद दिन चाहान्छौ