भारतले जित्याे १९ वर्षमुनिकाे महिला टी–२० विश्व कपकाे उपाधि

 माघ १५, २०७९ आइतबार २०:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई सात विकेटले हराउँदै भारतले उपाधि जितेको हो । इङ्ल्यान्डले दिएकाे ६९ रनको सामान्य लक्ष्य भारतले छ ओभर बाँकी छँदै तीन विकेट गुमाएर भेटायो । भारतका लागि साैम्या तिवारी र गङ्गाेदी तृशाले समान २४ रन बनाए । इङ्गल्यान्डकी हाना बेकर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टाेनहाउसले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे इङ्ग्ल्यान्ड १७ ओभर १ बलमा ६८ रन बनाउँदा अलआउट भयाे । भारतकी तितास साधु, अर्चना देवी र पर्शभी चाेप्राले २/२ विकेट लिए ।

१९ वर्षमुनिकाे महिला टी–२० विश्व कप क्रिकेट पहिलो पटक भएको हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया