इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

 माघ १६, २०७९ सोमबार ६:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खला २–० ले जितेको हो ।

इङ्ल्यान्डले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो । उसका लागि कप्तान टिम्बा बमुभाले १०९ रन बनाउँदै शतकीय पारी खेले । यस्तै, डेबिड मिलरले ५८, एडम माकरमले ४९, रसी भान डार डुसनले ३८, मार्को यानसेनले ३२, क्विटन डि कक ३१ र हेन्रिक केल्सनले २७ रन बनाए ।

इङ्ल्यान्डका ओली स्टोनी र आदिल रसिदले समान २/२ विकेट लिए भने साम करनले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो । इङ्ल्यान्डका ह्यारी ब्रुक, जोस बटलर र मोइन अलिले अर्धशतकीय पारी खेले । कप्तान बटलरले ९४, ब्रुकले ८० तथा मोइन अलिले  ५१ रन बनाए ।

यस्तै, साम करनले २८, बेन डुककेटले २० ,क्रिस वोक्सले १४ र डेबिड मलान १२ रन बनाए ।  दक्षिण अफ्रिकाका लागि एन्रिक नोर्टेजले २ तथा वाइनी पार्नेल, लुङ्गी एन्गिडी, मार्को यान्सन, केशव महाराज र एडम मार्करमले समान १/१ विकेट लिए । यी दुई देशबीचको तेस्रो एकदिवसीय क्रिकेट शृङ्खला पर्सि बुधवार हुनेछ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया