दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड पराजित, भारत ६ विकेटले विजयी

 माघ १६, २०७९ सोमबार ७:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड पराजित भएको छ । लखनउमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै घरेलु टोली भारतले तीन खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी गरेको छ । न्युजिल्यान्डले दिएको १ सय रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले २६ रन बनाए भने, इशान किशनले १९, कप्तान हार्दिक पाण्ड्यले १५, राहुल त्रिपाठीले १३, शुभमन गिलले ११ र वासिङ्टन सुन्दरले १० रन बनाए । न्युजिल्यान्डका माइकल ब्राकवेल र इस सोधीले समान १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाए भने मार्क च्याम्पम्यान र माइकल ब्राकवेलले समान १४/१४ रन बनाए । यस्तै, डेभोन कन्वे र फिना एलेन समान ११/११ रन बनाए । अरुले दोहोर अङ्क जोड्न सकेनन् । भारतका अर्शदीप सिंहले २ विकेट लिए भने हार्दिक पाण्ड्य, वासिङ्टन सुन्दर, युजभेन्द्र चहल, दीपक होडा र कुलदीप यादवले समान १/१ विकेट लिए । तीन खेलको टी–२० शृङ्खलाको तेस्रो खेल पर्सि बुधवार हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया