धनुषा : हिरासत ताेडेर ६ जना फरार

 माघ १६, २०७९ सोमबार ८:५७:५८ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन्  । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भएकाे हाे ।

‘हामी ड्युटीमै थियाैँ । अगाडिबाट भित्रको हिरासत देखिँदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट ताेडेर अभियुक्तहरु भागेका हुन्’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

फरार भएकाहरुकाे तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाकाे मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् । इलाका प्रहरी कार्यालयकाे भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण ताेडेर उनीहरू भागेका प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया