साउदीको गृह मन्त्रालयबाट भन्दै आउने ‘फेक टेलिफोन कल’ देखि सावधान हुन दूतावासको आग्रह

 माघ १६, २०७९ सोमबार १५:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको गृह मन्त्रालयबाट भन्दै आउने ‘फेक टेलिफोन कल’ देखि सावधन हुन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विगत केही समयदेखि साउदी अरबका मोबाइल नम्बर प्रयोग गरी त्यहाँको गृहमन्त्रालयबाट भन्दै त्यहाँ कार्यरत नेपालीहरुलाई पनि त्यस्तो कल आउने क्रम बढेको छ । 

उनीहरुले फोन गरेर बैंक खाता विवरण, इकामा नम्बर, अब्सेर अकाउन्टको पासवर्ड, पिन नम्बर जस्ता गोप्य एवं महत्वपूर्ण व्यक्तिगत विवरण माग्ने र दिन आनाकानी गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिने गरेका छन् । त्यसरी मागेका विवरण ज–जसले दिए उनीहरुको बैंक खाताबाट सम्पूर्ण रकम चोरी भएको पाइएको दूतावासले जनाएको छ ।

यस्तो ठगी कार्यमा संलग्न व्यक्तिहरुले ह्वाट्सअप लगायत अन्य माध्यमबाट पनि प्रलोभनजन्य म्यासेजहरु पठाउने गरेका छन् ।

साउदीको गृह मन्त्रालय तथा अन्य निकायले डाटा अपडेट गर्नुपर्यो व्यक्तिगत विवरण देउ भनेर फोन गर्दैनन् । यदि त्यस्तो कुनै विवरण अपडेट गुर्नपर्यो भने पनि सम्बन्धित मोबाइल एप तथा आधिकारिक च्यानलबाट गर्न दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया