पाकिस्तान : पेशावर सहरकाे मस्जिदमा बम विस्फाेट, २८ जनाकाे ज्यान गयाे

 माघ १६, २०७९ सोमबार १७:९:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फाेट हुँदा २८ जनाको ज्यान गएको छ । 

पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डाक्टर आजमका अनुसार मस्जिदमा आज साेमवार दिउँसो नमाजको समयमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेकाे हाे । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् । ६० जना घाइते भएकामा १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन्। 

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया