भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि ४३ जना महिला खेलाडी बन्द प्रशिक्षणमा

 माघ १६, २०७९ सोमबार २०:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि ४३ जना महिला खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाएको हो । नेपाली टोलीले भारतमा फेब्रुअरी १३ देखि २५ को बीचमा हुने मैत्रीपूर्ण खेल खेल्नेछ ।

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण भाेलि मङ्गलवारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने छ । एन्फाले हिजो साेमवार अनन्तकुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै गङ्गा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । 

प्रारम्भिक टाेली : अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, अञ्जना राना मगर, अञ्जिला तुम्बापाे सुब्बा, अनुश्का शेर्पा, विमला विक, विमला चाैधरी, चन्द्रा भण्डारी, दीपा न्याैपाने, दीपा शाही, गङ्गा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमाली चाैधरी, हिराकुमारी भुजेल, कविता विक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुश्वर, मन्जलीकुमारी याेन्जन, मेनुका आले मगर, निर्मला विक, निशा थाेकर, प्रीति राई, रश्मीकुमारी घिसिङ, रेखा पाैडेल, रेनुका नगरकाेटी, सबिता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एअर, सरु लिम्बु, सृजना चेम्जाेङ, सिर्जनासिंह ठकुरी, सुनिता चाैधरी र उशा नाथ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया