चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

 माघ १७, २०७९ मंगलबार ८:५८:२३ | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकालाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न पुनः आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति निकालेर दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।

अमेरिकी रिपब्लिकन कङ्ग्रेसका केभिन म्याकार्थीले केही हप्तापछि ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कुटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा गर्ने जुनसुकै भ्रमण र गतिविधिको चीनले विरोध गर्ने उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र चीन–अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया