क्यानको बोर्ड बैठक बस्दै : टी–२० क्रिकेट लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य एजेण्डा

 माघ १७, २०७९ मंगलबार ९:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । बैठक पोखरामा बस्न लागेको हो । यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ ।

मुख्य एजेण्डा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । सन्दीपको फुकुवा गर्ने एजेण्डामा क्यानको आलोचना पनि हुँदै आएको छ ।

राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा पनि छलफल हुनेछ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया