रक्सी खाने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
चैत १२, २०७९ आइतबार
सङ्खुवा – सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ भत्किदा एक जना कामदारको ज्यान गएको छ भने अरू दुई जना घाइते भएका छन् ।
पावर हाउसको सुरुङभित्र विस्फाेट गर्ने क्रममा सुरुङ भत्किँदा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का २२ वर्षीय सूर्य गोले तामाङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । घटनामा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र पाँचपोखरी ५ कै ३८ वर्षीय मंगोल तामाङ घाइते हुनुभएको छ ।
सुरुङभित्र विस्फाेट गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकोमा सूर्य गोले तामाङको उपचारका क्रममा ज्यान गएको हो । घाइते दुई जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
चिचिला गाउँपालिका ३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका ५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।