अशक्तलाई सिंहदरबार प्रवेशमा सहज, भाडाका गाडी लिएर सम्बन्धित निकायसम्म जान पाउने

 माघ १७, २०७९ मंगलबार १७:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू भाडाका गाडी लिएर सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । फरक क्षमता भएका सबै जनासँग व्यक्तिगत सवारी साधन नहुँदा सिंहदरबार गेटबाट सम्बन्धित निकायसम्म पुग्न असहज भएको भन्दै भाडाका गाडी लिएर प्रवेश गर्न पाउने व्यवस्था गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले जनाकारी दिनुभयो ।

श्रम मन्त्रालयको पहलमा गृह मन्त्रालयसँग समन्वय गरी सोमवारदेखि नै यो व्यवस्था लागू गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अपाङ्गता, अशक्तता भएका व्यक्तिहरू सबै जना आफ्नो सवारी साधनमा आउनुहुन्छ भन्ने हुँदैन, भाडाका गाडीमा आउँदा सिंहदरबारको गेटदेखि सम्बन्धित निकायसम्म पुग्न असहज भएको पाइएपछि गृह मन्त्रालयसँग समन्वय गरी यो व्यवस्था लागू गरिएको हो ।’

भाडाका गाडी लिएर आफ्नो कामका लागि सिंहदरबार प्रवेश गर्दा आफ्नो अपाङ्गता वा अशक्तताको परिचयपत्र भने देखाउन पर्नेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया