दैलेखमा बस दुर्घटना हुँदा सात जना घाइते, ट्रकलाई साइड दिन लाग्दा सडकबाट तल खस्याे

 माघ १७, २०७९ मंगलबार १९:४४:१७ | अमर सुनार
unn.prixa.net

दैलेख – सुर्खेतबाट कालीकोट जाँदै गरेको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखकाे पालेतडामा दुर्घटना भएकाे छ । 

कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पालेतडामा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले जानकारी दिनुभयो । घाइतेहरूकाे पालेतडाकाे निजी मेडिकलमा उपचार भइरहेको उहाँले बताउनुभयाे । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेकाे छ ।

विपरीत दिशाबाट आउँदै गरेकाे ट्रकलाई साइड दिन लाग्दा बस सडकबाट खसेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट खसेर कर्णाली नदीकाे किनारमा अड्किएकाे छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया