‘सम्पत्ति शुद्धीकरण विधेयक 'फास्ट ट्र्याक' मा अघि बढ्छ, नेपालकाे छवि बिग्रन दिँदैनाैँ’

 माघ १७, २०७९ मंगलबार २०:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आउँदाे आइतवारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषदमा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा सङ्घीय संसदमा पठाउने बताउनुभयो । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानहरूको प्रभावकारीरूपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै अर्थ मन्त्री पौडेलले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि बिग्रन नदिने बताउनुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया