सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर (तस्बिरसहित)

 माघ १८, २०७९ बुधबार ११:३:४३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

नेतादेखि विभिन्न मन्त्रालयका अधिकारीहरुका गाडी यही सडक भएर हुइँकिन्छन् । तर मर्मत गर्नमा भने सम्बन्धित निकायकाे ध्यान पुगेकाे छैन । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र गाडी चालकहरुले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।

अहिलेसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

हेर्नुस् तस्बिर :

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया