सुनको भाउ आज तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँमा कारोबार

 माघ १८, २०७९ बुधबार १२:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले नै बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ तल माथि भईरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया