जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पश्चिम – रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाकाे बगरमा हिजाे राति ट्याक्टर दुर्घटनामा परेर एक जनाकाे ज्यान गएकाे छ । मुसीकाेट-४ साेलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको ज्यान गएको हो भने चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते बिकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।
दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते हुनुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ । उहाँलाई थप उपचारको लागी नेपालगञ्ज पठाइएको छ ।
ट्रलिबिनाको खाली ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।