जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे छ ।
फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे हाे । १० वर्षसम्म यो विषयमा कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको पार्टीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज बिहीवार दिउँसाे प्रहरीले बाँकेबाट पक्राउ गरेको थियाे । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।