झापामा ट्रककाे ठक्करबाट चालक र सहचालककाे ज्यान गयाे

 माघ २०, २०७९ शुक्रबार १०:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

झापामा – झापाकाे शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा आज शुक्रवार बिहान दुई जनाको ज्यान गएकाे छ । 

ज्यान गुमाउनेमा ना ३ ख ८३११ नम्बरकाे ट्रकका चालक मदन चौधरी र त्यही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

उहाँका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरकाे ट्रकले ठक्कर दिएको थियो ।

अन्तिम अपडेट: माघ २१, २०७९

तपाईको प्रतिक्रिया