पर्वतमा भिरमा अड्किएका एक व्यक्तिकाे सकुशल उद्धार

 माघ २०, २०७९ शुक्रबार १५:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - पर्वतकाे कुश्मा नगरपालिका-५ मा रहेकाे बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरिएकाे छ । 

कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोकका ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा हिजाे भिरमा खस्नुभएकाे थियाे । सशस्त्र प्रहरीले आज उहाँकाे सकुशल उद्धार गरेको हाे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएकाे टोलीले 'रोप रेस्क्यु' विधि अपनाइ उहाँलाई करिब १५ मिटर तलबाट उद्धार गरेकाे हाे।

उद्धार पश्चात गिरीलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएकाे थियाे । उहाँकाे अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया