एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो

 माघ २०, २०७९ शुक्रबार १७:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बाेलाएकाे छ । 

बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।

प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ १५ वर्षमुनिको महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको टोलीका गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसहित १६ जना खेलाडी परेका छन् ।

एन्फाले १७ वर्षमुनिकाे च्याम्पियनसिपका लागि खेलाडी छान्न यही जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया