चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

 माघ २०, २०७९ शुक्रबार १७:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।

आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् ।

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया