कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड रूपैयाँको चिट्ठा

 माघ २१, २०७९ शनिबार ८:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

4 Comments

  • Bikesh magar

    Feb. 4, 2023, 11:44 p.m.

    Congratulations 👏

  •  0 Reply
  • हेम राई

    Feb. 4, 2023, 4:59 p.m.

    सर्ब प्रथम त बधाई दिन चाहन्छु। यदि यत्रो ठूलो रकम हात पारेको नै यदि हो भने चितवन मा बन्दै गरेको गौतम बुद्द रङ्ग शाला लाई लागेको ऋण १८ करोड चाहिँ तिरिदिएर सहयोग गरेर योगदान गर्नु हुन सल्लाह दिन चाहन्छु।यसैमा दान योगदान र महान होला। बाकी रकम ले आफ्नो जीवन गुजारा गर्नु।

  •  0 Reply
  • Dleep bhatt

    Feb. 4, 2023, 1:10 p.m.

    Akdam badhai x

  •  0 Reply
  • सुजन पण्डित

    Feb. 4, 2023, 9 a.m.

    कतारमा काम गर्ने रे युएईमा चिट्ठा रे अमिल्दो भयो कि जनाव

  •  0 Reply

तपाईको प्रतिक्रिया