आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाण्डाै उपत्यकाका लागि सामान्य नै भइसक्यो ।
सडकका खाल्डाखुल्डी नागरिकले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर गाडी चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् ।
ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढिरहेका छन् । कतै सडकमा बत्ती नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभाबी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौँसम्म हुँदैन । ट्राफिक बत्ती छ तर प्रयोगमा आएका छैन वा बिग्रिएको ट्राफिक बत्ती छ ।
यस्ता समस्या काठमाण्डाै उपत्यकाका धेरै सडकमा देख्न पाइन्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।