मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

 माघ २२, २०७९ आइतबार १६:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गर्नुभएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताउनुभयो ।

विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उहाँले बताउनुभयो । सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ ।  तर उहाँले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आसा उत्साहका साथ दिएको एक/एक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले गृह मन्त्री नपाएकोले सरकारबाट बाहिरिएकोजस्तो गरेरमात्रै विश्लेषण र समाचार आइरहेको तर अहिले बाहिर देखाइएको विषय र वास्तविकतामा आकाश जमिनबीचको खाडल रहेको उहाँको भनाइ छ । उस्तै मुद्दामा अरू र आफूमाथि फरक व्यवहार भएको तर अदालतको फैसलाको स्वागत र स्वीकार गर्ने लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया