राष्ट्रिय क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा माेन्टी देसाई नियुक्त

 माघ २३, २०७९ सोमबार १४:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ ।

देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन् ।

मुख्य प्रशिक्षकका लागि आवेदन दिएकाहरूमध्ये भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तरवार्ता लिएको थियो । क्यानले अन्तिममा देसाईलाई नै नियुक्त गरेको हो ।

नेपालले आउँदो फागुन २ गतेदेखि घरेलु मैदानमा विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ । यो शृङ्खलालाई देसाईकाे पहिलो परीक्षाको रूपमा हेरिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया