प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयकाे कार्यभार

 माघ २३, २०७९ सोमबार १६:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उहाँहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतवार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो । त्यस पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल सहभागी हुनुहुन्थ्यो । उहाँहरूले आफ्नो पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतवार बेलुकी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया