महाकाली नदीमा बगेका वृद्धकाे ज्यान गयाे

 माघ २५, २०७९ बुधबार १७:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दार्चुला – दार्चुलाको महाकाली नदीमा बगेका वृद्धकाे ज्यान गएकाे छ । बुधवार दार्चुलाकाे खलङ्गा बजार नजिक महकाली नदीमा बगेका ७० वर्षीय वीरसिंह बडालको उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

दार्चुलाको महाकाली नगरपालिका २ पन्डोरा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । बुधवार दिउँसाे २ बजेतिर सशस्त्र प्रहरीले बडालकाे उद्धार गरे पनि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएकाे प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयाे ।

मृतक बडालले जाँड–रक्सी खाएकाे र शौच गर्न महाकाली नदी किनारमा गएपछि नदीले बगाएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक गाहामगरले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया