बीपीडब्ल्यू लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै 'पत्रकार भेटघाट कक्ष' स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उपाध्यक्ष नेम्वाङले यस्ताे प्रस्ताव राख्नुभएको हो । संसद् भवनको मूल गेटमा पत्रकारहरू बन्दुक तेर्स्याएर जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर त्याे कक्ष बनाउन उपयुक्त हुने उहाँकाे भनाइ थियाे । उहाँले त्याे कक्ष दलका नेता, सांसद र सङ्घीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने बताउनुभयाे ।
उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘संसद् भवनकाे गेटभन्दा बाहिर क्यामेराको स्ट्यान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने । अलि कस्तो–कस्तो लाग्दो रहेछ त्यो । त्यस कारण प्रेस मिट रुमका लागि एउटा भव्य बनाऔँ न । त्याे रुमले अरूलाई पनि सजिलाे हुन्छ ।’
उपाध्यक्ष नेम्वाङ पत्रकारहरूले संसद् भवनकाे मूल गेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो ।