‘विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन’
बैशाख १२, २०८१ बुधबार
धनुषा – धनुषाको कमला नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमसहितको बजेट सात महिनापछि पारित भएको छ । यसअघि दुई पक्षको विवादका कारण बजेट पारित हुन सकेको थिएन ।
कमला नगरपालिकाको बजेट पारित नभएका कारण पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले तलब भत्ता पाउनबाट वञ्चित हुनुका साथै विकास निर्माणको कामकाज पनि बन्द थियो । दुवै पक्षबीच सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितका बजेट नगर सभाबाट पारित गरेको नगरपालिकाका मेयर विशेश्वर यादवले जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले नाै वटै वडाका लागि ९५ लाख रुपैयाँका दरले विकास बजेट विनियोजन गरेको छ भने वडा सञ्चालनका लागि प्रत्येक वडालाई पाँच लाख रुपैयाँ विनियोजन गरेकाे छ ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।