गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

 माघ २७, २०७९ शुक्रबार ११:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्युराेको टोलीले विशेष सूचनाका आधारमा गएको पुस १९ गते जिल्ला काठमाण्डाै महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खागसहित सुरुमा इन्द्रमणि आचार्य र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो ।

त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी डिभिजन वन कार्यालय काठमाण्डाैमा बुझाइएको ब्युराेका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो । ब्युराेको टोलीले अनुसन्धानका लागि गएको १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो ।

यसैगरी २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया