३५ किलो चरेससहित विमानस्थलबाट चार जना थाइ नागरिक पक्राउ

 माघ २९, २०७९ आइतबार ८:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो चरेससहित चारजना थाइ नागरिक पक्राउ परेका छन् ।

थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाएर लागुऔषध चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया