साेलुखुम्बु : सल्लेरीमा आगलागीबाट एउटा घर जलेर नष्ट

 माघ २९, २०७९ आइतबार १८:५४:३७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आज आइतवार भएकाे आगलागीबाट दुई वटा घरमा आंशिक क्षति भएको छ ।

आज दिउँसो सल्लेरीकाे माथिल्लो क्याम्पस टोलमा भएको आगलागीबाट बुद्धराज तामाङको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने ल्हाक्पा तामाङ र जितबहादुर तामाङको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बुद्धराजको घरबाट विद्युत् शर्ट भई सुरु भएको आगोले नजिकै रहेको लहाक्पा र जितबहादुरको घरमा समेत क्षति पुगेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । आगलागीबाट बुद्धराजको २५ हजार रुपैयाँ नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा २७ लाख रुपैयाँ बराबरको क्षति भएको तथा ल्हाक्पा र जितबहादुरको २०/२० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया