जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, पाँच जना घाइते

 फागुन ४, २०७९ बिहिबार ११:४:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

हिजो बेलुका ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अमिर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टरका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया