मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

 फागुन ५, २०७९ शुक्रबार १२:०:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।

मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे । 

ट्रककाे ठक्करबाट कास्कीकाे निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारकाे ज्यान गएकाे हाे । मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको जानकारी दिनु भएकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया